images
images

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • images
    images
    एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त
    images
    images
    काठमाडौँ / एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
     
    भदौ १० गते कम्पनी र क्यापिटलबिच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरे । 
     
    एनएलजी इन्स्योरेन्सको हालको पुँजी  १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिसेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
     
     
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार