काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यसवायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा आज सुनचाँदी कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदीको मूल्य आज चौँथो दिन पनि स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार हुनेछ ।
