images
images

दसैं अघि ५ बैङ्कसहित ४१ कम्पनीले गरे लाभांश घोषणा,  कुनको कति ?

दसैं अघि ५ बैङ्कसहित ४१ कम्पनीले गरे लाभांश घोषणा,  कुनको कति ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    दसैं अघि ५ बैङ्कसहित ४१ कम्पनीले गरे लाभांश घोषणा,  कुनको कति ?
    images
    images

    काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट हाल बैङ्कहरूसहित विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । 

    images
    images

    यता कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारण सभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् । 

    हालसम्म गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट  पूँजी बजारसँग सम्बन्धित विभिन्न ५ बैङ्कसहित ४१ वटा कम्पनीहरुले लाभांश प्रस्वाव गरेका छन् । अहिलेसम्म लाभांंश प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्तावित लाभांश यस्तो छः

    यी हुन् लाभांश घोषणा गरेका ५ बैङ्क 

    गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा ५ बैङ्कमा गर्नेमा माछापुच्छ्रे बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईसी एशिया बैङ्क र सिटिजन्स बैङ्क रहेका छन् । 

    १. माछापुच्छ्रे बैङ्क

    माछापुच्छ्रे बैङ्कले केहि दिन अघि मात्रै अर्थात असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गरी लाभांश वितरणको प्रस्ताव पारित पनि गरिसकेको छ । उक्त सभाले बैङ्कका शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ अर्थात चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ७ करोड १८ लाख ८९ रुपैयाँ अर्थात चुक्तापूँजीको ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा घोषणा गर्ने बैङ्कहरूमा यस बर्ष माछापुच्छ्रे बैंक पहिले बैङ्क हो । 

    २. एभरेष्ट बैङ्क 

    एभरेष्ट बैङ्कले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न यस बैङ्कले असोज ३० गते २९ औं बार्षिक साधारणसभा बोलाएको छ । 

    सभा काठमाडौँको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा बिहान ११ बजे शुरु हुने बैङ्कले जनाएको छ । बैङ्कले सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । जसअनुसार असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् र सभामा भाग लिन पाउनेछन् ।

    ३. सानिमा बैङ्क 

    सानिमा बैङ्कले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस बैङ्कले कात्तिक २ गते साधारणसभा गर्ने निर्णय गरेको छ । बैङ्कले आगामी साधारण सभाका लागि सोमबार (भोली) अर्थात असोज २२ गते बुक क्लोज गर्ने छ । जसअनुसार आज अर्थात असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । 

    ४.एनआईसी एशिया बैङ्क

    एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैङ्कले असोज २८ गते २६ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  

    ५. सिटिजन्स बैङ्क

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैङ्कले असोज २६ गते १७ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

    ३ ब्रोकर कम्पनी–

    हाल सञ्चालनमा रहेका विभिन्न ब्रोकर कम्पनीहरुमध्ये ३ ब्रोकर कम्पनीले मात्रै लाभांश घोषणा गरेको छ । जसमा आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिज रहेका छन् । 

    १. नासा सेक्युरिटिज 

    नासा सेक्युरिटिज गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ ।

    २. आकाशभैरव सेक्युरिटिज

    आकाशभैरव सेक्युरिटिजले ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

    ३. सानिमा सेक्युरिटिज

    सानिमा सेक्युरिटिजले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २६ गते रजिष्टर्ड कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

    १० मर्चेन्ट बैंक

    गत आर्थिक बर्षको मुनाफाबाट हालसम्म १० वटा मर्चेन्ट बैंकले मात्रै आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा ज्योति, सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्रभु, सिद्धार्थ, लक्ष्मी, सानिमा, कुमारी क्यापिटल र आरविवि मर्चेन्ट बैंकिङ्ग रहेका छन् । 

    जसमा एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत अर्थात् ९ करोड २० लाख रुपैयाँ, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ सानिमा क्यापिटलले १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रूपैयाँ, कुमारी क्यापिटलले १५ प्रतिशत अर्थात् ६ करोड रूपैयाँ, सिटिजन्स क्यापिटलले १२ प्रतिशत अर्थात् २ करोड ४० लाख रुपैयाँ र ज्योति क्यापिटलले १०.२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गरेका हुन् ।

    त्यस्तै, सनराइज क्यापिटलले ३० प्रतिशत, प्रभु क्यापिटलले ६.३१५८ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १३.१६ प्रतिशत र लक्ष्मी क्यापिटल मार्केटले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गरेका हुन् ।

    १७ म्युचुअल फण्ड

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत म्युचुअल फण्ड मध्ये हालसम्म १७ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा सानिमा, सनराइज, एनएमबि हाईब्रिड, एनएमबि फिफ्टी, एनआईसी एशिया, कुमारी इक्विटी, नबिल ब्यालन्स्ड, लक्ष्मी उन्नति कोष, प्रभु सेलेक्ट, लक्ष्मी इक्विटी, सिटिजन्स म्युचुअल फण्ड, एनआईबिएल प्रगति फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, कुमारी धनवृद्धि योजना, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सिद्धार्थ इक्विटी फण्ड र एनआईबिएल सहभागित फण्ड ४ रहेका छन् । 

    यता, गत आर्थिक बर्षको मुनाफाबाट सानिमा इक्विटी फण्डले १८ प्रतिशत, सनराइज फष्र्ट म्युचुअल फण्डले १६ प्रतिशत, एनएमबि हाईब्रिड फण्ड एल–१ले १५ प्रतिशत, एनएमबि फिफ्टीले १५ प्रतिशत, एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत र नबिल ब्यालन्स्ड फण्ड २ ले ९.६ प्रतिशत प्रतिफल वितरण गरेका छन् । 

    यस्तै, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ८ प्रतिशत, एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत प्रतिफल वितरण गरेका हुन् ।

    कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ले ५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत र एनआईबिएल सहभागित फण्ड ४ प्रतिशत प्रतिफल वितरण गरेका हुन् ।

    अन्य कम्पनी कुन कुन ? 

    गत आर्थिक बर्षको मुनाफाबाट आरएसडिसी लघुवित्त, युनिक लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटल, सानिमा माइ हाइड्रोपावर,इक्रा नेपाल र नेशनल फण्ड म्यानेजमेन्टले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

    जसमा युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    यता, ओरियन्टल होटलले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने, सानिमा माइ हाइड्रोपावरले चुक्ता पूँजीँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    इक्रा नेपालले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको सेयरधनीलाई ५९.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने, नेशनल फण्ड म्यानेजमेन्टले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार