images
images

डिजेल र मट्टितेलको भाउ घट्यो, भोलिदेखि कुन स्थानमा प्रतिलिटर कति पर्ला ?

डिजेल र मट्टितेलको भाउ घट्यो, भोलिदेखि कुन स्थानमा प्रतिलिटर कति पर्ला ?

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    डिजेल र मट्टितेलको भाउ घट्यो, भोलिदेखि कुन स्थानमा प्रतिलिटर कति पर्ला ?
    images
    images

    काठमाडौँ /  नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको घटाएको छ । निगमको आज बसेको सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । 

    images
    images

    पेट्रोल र एलपि ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मूल्य घटेसँगै अब काठमाडौँ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल १५५ रुपैयाँ पर्नेछ ।

    त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल र मट्टितेल १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । 

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ्गमा भने  डिजेल र मट्टितेल १५४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

    note.JPG

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार