images
images

किन खाने रातो च्याउ ? यसको नियमित प्रयोग गर्दा जटिल रोगहरूबाट बच्न सकिन्छ !

किन खाने रातो च्याउ ? यसको नियमित प्रयोग गर्दा जटिल रोगहरूबाट बच्न सकिन्छ !

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • किन खाने रातो च्याउ ? यसको नियमित प्रयोग गर्दा जटिल रोगहरूबाट बच्न सकिन्छ !
    images
    images

    पछिल्लो समय नेपालमा विश्वमा नै सर्ने र नसर्ने रोगको जोखिम बढिरहेको छ । जलवायु परिवर्तन, प्रदुषण, व्यस्त जीवनशैली,  अस्वस्थकर खानपिन र अस्वस्थ जीवनशैलीका कारण विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९, डेङ्गो, क्यान्सर, मुटुरोग, रक्तचाप, सुगरलगायतको रोगको जोखिम बढिरहेको छ । 

    हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने सामान्य बिरामी पनि मृत्युको कारण बन्न सक्छ । प्रतिरोधात्मक क्षमता बलियो छ भने गम्भिर मानिएका रोगहरूलाई परास्त गर्दै सामान्य जीवनशैली अपनाउन सकिन्छ । 

    रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विभिन्न भिटामिनहरू बजारमा उपलब्ध छन् । तर, त्यसको तुलनामा हामीले परापूर्व कालदेखि नै नेपालको बनजङ्गलमा उपलब्ध रातो च्याउको सेवन गर्नु लाभदायी हुनसक्छ । जसमा कुनै केमिकल प्रयोग गरिएको हुँदैन र प्राकृतिक हुन्छ । 

    कलर रातो भएको कारण नै ‘रातो च्याउ’ नाम रहन गएको यो च्याउ ऋषिमुनिहरू तथा वैद्यहरूले उपचारका प्रयोग गर्थे । भित्री रोग भए घोटेर खुवाउने र बाहिर भए लेप बनाएर लगाउने गरिन्थ्यो । तर, यसको अध्ययन अनुसन्धान भने नेपालमा हुन सकेको थिएन । 

    औषधिय गुण भएको यो च्याउको विस्तृत अनुसन्धान गर्ने देशहरू चीन र जापान हो । यी देशहरूले अध्ययनपछि रातो च्याउको व्यवसायिक खेती सुरु गरे । त्यो थाहा भएसँगै नेपालमा पनि मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले २०७६ सालदेखि रातो च्याउको खेती सुरु गरेको हो । 

    मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टरले नेपालमा पहिलो पटक रातो च्याउको खेती गरेको हो। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को सहयोगमा मसरुम सिड नेपालले रातो च्याउको धुलोसमेत बजारमा ल्याएको छ । चीन र जापानबाट विकास भएको रातो च्याउ अहिले विश्व बजारमा निकै लोकप्रिय मानिन्छ ।

    अहिले हामीले दुई थरी रातो च्याउ उत्पादन गरिरहेको छौँ । एउटा विदेशबाट आयातित कल्चरबाट उत्पादित रातो च्याउ र अर्को नेपालकै रैथाने जातबाट । जर्सिङ पौवाको जङ्गलबाट ल्याएको रातो च्याउलाई टिस्यू कल्चर गरी त्यसको खेती विस्तार गरेका छौँ । जुन उत्पादनको क्रममा छ ।

    akahs bade 2.jpg


    किन खाने रातो च्याउ ?

    हामीले खाने खाना वा औषधिका कारण हाम्रो शरीरमा विषाक्त पदार्थहरू जम्मा हुँदै गइरहेको हुन्छ । रातो च्याउमा हाम्रो शरीरमा भएको विषाक्त पदार्थहरू बाहिर फाल्ने तत्त्व हुन्छ । प्रेसर, सुगर, कालेस्ट्रोल, क्यान्सर रोगीहरूका लागि यो धेरै लाभदायी मानिन्छ । जापान र चीन लगायतका देशमा यस्ता स्वास्थ्य समस्या भएकाहरूलाई निश्चित मात्रामा खुवाएर उपचार गरिन्छ । 

    डाक्टरले प्रेसक्रिप्सनमा समेत लेखिदिने गरेको पाइन्छ । शरीरमा भएका विकारहरूका विरुद्धका लागि यो औषधि हुने थाहा पाएपछि हामीले खेती गरेर नेपालमै औषधि फलाउने अभियान नै सुरु गरेका हौँ । 

    Rato chyau (2).jpg
    विद्यमान अवस्थामा पनि नेपालमा विदेशबाट रातो च्याउका विभिन्न प्रोडक्टहरू आयात भइरहेको छ । जसलाई विस्थापित गर्न नसक्दा बजारमा आफुहरू स्थापित हुन सकेको छैन । हामीले नेपालमै उत्पादन त गर्यौँ तर बजारमा विस्तार गर्न सकिरहेका छैनौँ । बजारको माग क्याच गर्न सकेका छैनौँ । त्यसैले सोचेअनुसार हुन सकेको छैन । 

    रातो च्याउको धुलो ‘रेइशी मसरुम पाउडर’ 

    यो रातो च्याउको शुद्ध धुलो हो । यसमा केही पनि मिसाइएको छैन । ६० ग्रामलाई १२ सय रुपैयाँ पर्छ । मसरुम सिड नेपालले नेपाल अधिराज्यभर डेलिभरी गरिरहेको छ । यसले प्रेसर, सुगर, कोलेस्ट्रोल मेन्टन गर्ने तथा कलेजो, फोक्सो, आन्द्रा र मृगौलालाई स्वस्थ भुमिका खेल्छ । घाउ र चोटपटकहरूलाई पनि निको पार्छ । हर्मन सन्तुलन ठिक गर्छ । दम र एलर्जीको बिरामीलाई पनि फाइदा गर्छ । यसले मूख्यतयाः ट्युमर बढ्न नदिई क्यान्सरको प्रतिरोध गर्छ । मुटुको पनि सुरक्षा गर्छ ।

    Rato chyau (1).jpg

    प्रतिरोधात्मक क्षमता बढाउने भएकोले विभिन्न रोगहरूबाट यसले सुरक्षित राख्दछ । विभिन्न किसिमका बिरामीहरूले रेइशी मसरुम पाउडर सेवन गर्नुहुन्छ । जसका लागि उहाँहरूले यहाँबाट नियमित रूपमा यो लानुहुन्छ । प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकोले निरोगी व्यक्तिहरूले पनि यो खान जरुरी छ ।

    विशेषगरी निरोगी मान्छेहरूले  दिनको २ देखि ३ ग्राम र बिरामीहरूका लागि सोही अनुसार खान सक्छ  जस्तैः स्वस्थ मान्छेहरूले दिनको २ देखि ६ ग्राम, क्यान्सर तथा एचआइभी एड्सका बिरामीले दिनको ५ देखि १० ग्राम, मुटु रोगीहरूका लागि ३ देखि ९ ग्राम, प्रेसर र सुगरका बिरामीहरूले दिनको ३ देखि ९ ग्राम र गलगाँड, माइग्रेनलगायतका बिरामीहरूले दिनको ६ देखि ९ ग्राम रातो च्याउको धुलो खान सिफारिस गरेका छौँ ।

    Screenshot 2023-10-19 141821.jpg

    (मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टरका निर्देशक आकाश बाडेसँग गरिएको कुराकानीमा आधारित) 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार