images
images

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न, केके निर्णय पारित भए ?

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न, केके निर्णय पारित भए ?

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • गरिमा क्यापिटलको साधारण सभा सम्पन्न, केके निर्णय पारित भए ?
    images
    images

    काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा बिहीबार काठमाडौँ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियरमा कम्पनीको नवौं साधारण सभा सम्पन्न भएको हो । 

    सभामा आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । 

    गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्ष, गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरीवेक्षक तथा शेयरधनीहरूको उपस्थिती रहेको थियो । 

    सभाले आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने गरेको छ । 

    यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरिएको छ । 

    त्यस्तै, कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि नियुक्त सञ्चालकहरूको नियुक्ती अनुमोदनलाई सभाले पारित गरेको थियो ।

    गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । 

    कम्पनीका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ । उक्त संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम् प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार