images
images

सुनको मूल्यले तोड्यो यसअघिको रेकर्ड, आज सबैभन्दा बढी मूल्यमा कारोबार हुने

सुनको मूल्यले तोड्यो यसअघिको रेकर्ड, आज सबैभन्दा बढी मूल्यमा कारोबार हुने

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    सुनको मूल्यले तोड्यो यसअघिको रेकर्ड, आज सबैभन्दा बढी मूल्यमा कारोबार हुने
    images
    images

    काठमाडौँ / आइतबार सुनचाँदीको मूल्यले यसअघिको रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन सर्वाधिक बढी मूल्यमा कारोबार हुनेछ । शुक्रबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार रुपैयाँले बढेर १ लाख १७ हजार रुपैयाँमा कारोबार हुनेछ । यो हालसम्मकै सर्वाधिक बढी मूल्य हो । 

    त्यस्तै, यसअघि प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ आज बढेर १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय १५ रुपैयाँ पर्नेछ । 

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार