images
images

शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ अग्रवाललाई श्री महात्मागान्धी राष्ट्रिय अभिमान पुरस्कार

शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ अग्रवाललाई श्री महात्मागान्धी राष्ट्रिय अभिमान पुरस्कार

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ अग्रवाललाई श्री महात्मागान्धी राष्ट्रिय अभिमान पुरस्कार
    images
    images

    काठमाडौँ / शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतको नयाँ दिल्लीमा आयोजित एक अवार्ड कार्यक्रममा सम्मानित भएका छन् । शिवम् सिमेन्टको स्थापना कालदेखि नै कार्यरत अग्रवाल कार्तिक ३ गते ब्रान्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनद्वारा आयोजित अवार्ड कार्यक्रममा श्री महात्मागान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३बाट सम्मानित भएका हुन् । 

    images
    images

    ब्रान्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ । सो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरू गर्दै आईरहेको छ । 

    पिआर एण्ड प्रमोसनले हरेक वर्ष आयोजना गर्ने सो अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङ्कन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार