images
images

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप, दोस्रो दिन तोरणको अग्रता कायमै

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप, दोस्रो दिन तोरणको अग्रता कायमै

बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • images
    images
    सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप, दोस्रो दिन तोरणको अग्रता कायमै
    images
    images

    काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४-अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन्। 

    images
    images

    समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्। धरानका प्रो निरजले आज दिनकै उत्कृष्ट स्कोर कार्ड निकाले। 

    ५-अन्डर ६७ सहित समग्रमा ८-अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे। समग्रमा २-अन्डर १४२ को स्कोर बनाएका टंक बहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए। दुवैले समान इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाए।

    नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जय राम श्रेष्ठ समग्रमा १-अन्डर १४३ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे। भुवनले २-अन्डर ७०, रमेशले १-अन्डर ७१ र जयरामले १-ओभर ७३ को स्कोर दर्ज गरे।

    पहिलो दिनका लिडर तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे। उनले ३-अन्डर ३३ मा फ्रन्ट नाइनको खेल सकाए।

    पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइनमा १(अन्डर ३५ को स्कोर निकाले।

    १०औँ र १२ औँ होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औँ, १७औँ र १८औँ होलमा एक-एक सट बचाए। दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले। फ्रन्ट नाइनमा ४-अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गर्दा ब्याक नाइन १-अन्डर ३५ मा सकाए। 

    यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे। तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौँ देखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे। 

    यसपछि १२औँ होलको बर्डीले ५-अन्डरको स्कोर तयार पार्दै लिडर तोरणलाई दबाब दिएका छन्। एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्य इभन-पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन्। 

    आज राहुलले ३-अन्डर ६९ को स्कोर निकाले। दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका उनले आठौँ होलमा बोगी खेपे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि ११औँ र १२औँ होलमा एक-एक सट बचाए। ४-पारको १४औँ होलमा इगलको सफलता प्राप्त गरे। 

    तर, १३औँ, १६औँ र १७औँ होलको बोगीले ब्याक नाइन १-अन्डर २५ मा पुरा गरे। सद्भावले भने इभन-पार ७२ को स्कोर गरे। ३६ होलको समाप्तीमा १३-ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन्। 

    प्रोतर्फ भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, सुनिल केसी, दीपक मगर, भुबहादुर गुरूङ,  बलभद्र राई, धन बहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिव राम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए। 

    एमेच्योरतर्फ राहुल र सदभावसँगै बाबु पौडेल र कवि थापाले कट बनाए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार   रुपैयाँ रहेको छ। 

    विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार