images
images

कोशी प्रदेशमा २८ प्रतिशतले बढ्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?

कोशी प्रदेशमा २८ प्रतिशतले बढ्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    कोशी प्रदेशमा २८ प्रतिशतले बढ्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?
    फाइल फोटो
    images
    images

    काठमाडौँ / कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा गत आर्थिक वर्षकोसोही अवधिको तुलनामा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या २८ प्रतिशतले बढेको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक गतिविधि प्रतिवेदनअनुसार कोशी प्रदेशमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीको लागिश्रम स्वीकृति लिनेको संख्या २८.३ प्रतिशतले बढेको देखाएको हो। 

    कोशी प्रदेश वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको जिल्लागत विवरण 

    1.JPG

    देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु, स्वरोजगार र उद्यमशिलतामा आकर्षण वृद्धि हुन नसक्नु, कोभिडको समयमा घर फर्किएका व्यक्तिहरु पुनः रोजगारीका लागि विदेश जाने क्रममा भएको वृद्धिजस्ता कारणले वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

    समीक्षा अवधिमा कोशी प्रदेशका पुरुष १ लाख ४६ हजार २६६ र महिला २२ हजार ४२ गरी कुल १ लाख ६८ हजार ३०८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। 

    गत वर्षका सोही अवधिमा यस प्रदेशका पुरुष ६१ हजार ८३३ र महिला ६९ हजार ३६९ गरी कुल १ लाख ३१ हजार २०२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।

    कोशी प्रदेश वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको जिल्लागत विवरण

    1.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार