images
images

सोनापुर मिनरल्सको बार्षिक साधारण सभा माघ २६ गते, यस बर्ष शेयरधनीको हात खाली

सोनापुर मिनरल्सको बार्षिक साधारण सभा माघ २६ गते, यस बर्ष शेयरधनीको हात खाली

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • images
    images
    सोनापुर मिनरल्सको बार्षिक साधारण सभा माघ २६ गते, यस बर्ष शेयरधनीको हात खाली
    images
    images

    काठमाडौँ / सोनापुर मिनरल्स एन्ड आयलले १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

    कम्पनी सञ्चालक समितिको माघ ३ गते बुधबार बसेको बैठकले वार्षिक साधारण सभा माघ २६ गते गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। यो आर्थिक वर्षका लागि भने कम्पनीले शेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।

    सभाले कम्पनीको आधारभूत शेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग आबद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्तावउपर छलफल गरी अनुमोदन गर्नेछ। सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन पनि सभामा हुनेछ।

    सभाले कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको हाल कायम रहेको चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)को जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

    वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार