images
images

नेप्से परिसूचक ९.४४ अङ्कले बढ्दा २ अर्ब ५९ करोडको कारोबार, कसले कति कमाए, कति गुमाए ?

नेप्से परिसूचक ९.४४ अङ्कले बढ्दा २ अर्ब ५९ करोडको कारोबार, कसले कति कमाए, कति गुमाए ?

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • images
    images
    नेप्से परिसूचक ९.४४ अङ्कले बढ्दा २ अर्ब ५९ करोडको कारोबार, कसले कति कमाए, कति गुमाए ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.४४ अङ्कले बढेर दुई हजार ८५.७१ बिन्दुमा कायम भएको छ ।

    आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ ।

    व्यापार समूहको उपसूचक ०.५४ र अन्य समूहको उपसूचक ०.५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १.०७ प्रतिशतको वृद्धि देखिएको छ ।

    समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार