images
images

महालक्ष्मी विकास बैङ्क नेप्सेद्वारा जारी सङ्गठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा पर्न सफल

महालक्ष्मी विकास बैङ्क नेप्सेद्वारा जारी सङ्गठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा पर्न सफल

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्क नेप्सेद्वारा जारी सङ्गठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा पर्न सफल
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जारी गरिएको सूचना बमोजिम सङ्गठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा परेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम बमोजिम महालक्ष्मी विकास बैङ्क ‘ए’ वर्गमा पर्न सफल भएको हो । 

    images
    images

    विनियमावली अनुसार चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरू ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको छ ।

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । 

    साथै पुस २८ मा सम्पन्न बैङ्कको २२औँ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार