images
images

लर्डबुद्धसँग सहकार्य रहेको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

लर्डबुद्धसँग सहकार्य रहेको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • लर्डबुद्धसँग सहकार्य रहेको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित
    images
    images

    काठमाडौँ / लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । 

    एशिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो ।  

    सो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि ६ सय २० मा पर्न समेत सफल भएको छ ।

    एशिया प्यासिफिक विश्वविद्यालयले मलेसियामा यसअघि पाँचतारे प्लसको अङ्क प्राप्त गरिसकेको छ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो लर्डबुद्ध एजुकेशन फाउण्डेशनले मलेसियाको सो विश्वविद्यालयसँग शैक्षिक क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेको छ ।

    लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष पंकज जालानले बताए । 

    एशिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्ययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औं स्थानमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । 

    स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले शिक्षासँगै रोजगारी उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगार युक्त शिक्षा उपलब्ध गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार