images
images

हालसम्मकै उच्च बिन्दुमा पुगेर आज स्थिर रह्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

हालसम्मकै उच्च बिन्दुमा पुगेर आज स्थिर रह्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • images
    images
    हालसम्मकै उच्च बिन्दुमा पुगेर आज स्थिर रह्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार हालसम्म उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज साताको पहिलो कारोबारको दिन भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । 

    शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

    आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ ७५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार