चर्चित समाचार
images
images

करिब ६० अङ्कले बढेको बजारमा १५ अर्ब ५४ करोड माथिको कारोबार, कसले कति कमाए ?

करिब ६० अङ्कले बढेको बजारमा १५ अर्ब ५४ करोड माथिको कारोबार, कसले कति कमाए ?

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • images
    images
    करिब ६० अङ्कले बढेको बजारमा १५ अर्ब ५४ करोड माथिको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजारमा भारी अङ्कले बृद्धि भएको छ । 

    images
    images

    आज शेयर बजार नेप्से परिसूचक ५९.६८ अङ्कले बढेर दुई हजार ४२४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ तर, चार कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

    आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । 

    आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी कम्पनीको लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

    2.JPG

    यी १० कम्पनीको उच्च कारोबार

    नेपाल फाइनान्सका लगानीकर्ताले ४२ करोड ४६ लाख रुपैयाँ, अपर तामाकोशीका लगानीकर्ताले ३८ करोड ९१ लाख रुपैयाँ, ङादी ग्रुप पावरका लगानीकर्ताले  ३० करोड ३२ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले २७ करोड ९१ लाख रुपैयाँ र कुमारी बैंकका लगानीकर्ताले २३ करोड ९२ लाख रुपैयाँ बराबरको काराबार भएको छ । 

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार