images
images

प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्ग्सले ११ करोड ६० लाख लाभांश वितरण गर्ने

प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्ग्सले ११ करोड ६० लाख लाभांश वितरण गर्ने

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • images
    images
    प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्ग्सले ११ करोड ६० लाख लाभांश वितरण गर्ने
    images
    images

    काठमाडौँ / शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्ग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने भएको छ । 

    images
    images

    शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङ्ग्सको बुधबार सम्पन्न साधारण सभाले ११ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रसताव पारित गरेको हो । 

    शिवम् होल्डिङ्ग्स् लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले कम्पनीमा हाल कायम शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्तावका पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन विवरणसमेत पारित गरेको छ । 

    त्यस्तै, कम्पनीको आर्थिक बर्ष २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू पारित गरिएको कम्पनीले जनाएको छ । 

    शिवम् होल्डिङ्ग्स लिमिटेड कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानीसमेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्ट प्रा.लि.को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । 

    उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरू अगाडि बढाएको कम्पनीले जनाएको छ । 

    शिवम् होल्डिङ्ग्स जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरू सर्वसाधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्ने तयारीमा छ । 

    नेपाल धितोपत्र वोर्डको स्वीकृति पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशनमार्फत सङ्कलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरूमा समेत लगानी गर्ने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार