चर्चित समाचार
images
images

रवि लामिछानेको तेस्रो पटक म्याद थप, अझै १० दिन हिरासतमै राखिने

रवि लामिछानेको तेस्रो पटक म्याद थप, अझै १० दिन हिरासतमै राखिने

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • images
    images
    रवि लामिछानेको तेस्रो पटक म्याद थप, अझै १० दिन हिरासतमै राखिने
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतको समय अझै १० दिन लम्बिएको छ । कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थपेर अध्यक्ष लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

    images
    images

    जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी बताए । 

    मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार