चर्चित समाचार
images
images

हरिबोधिनी एकादशी : नुवाकोटको देवीघाटमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नुवाकोटको देवीघाटमा भक्तजनको घुइँचो

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • images
    images
    हरिबोधिनी एकादशी : नुवाकोटको देवीघाटमा भक्तजनको घुइँचो
    images
    images

    त्रिशूली (नुवाकोट) / हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।

    images
    images

    सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिए । 

    देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गमस्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । 

    Ekadasi.JPG

    साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पु¥याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसगैँ तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए । 

    हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार