चर्चित समाचार
images
images

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा, स्वतन्त्र प्रताप शाहले गरे स्वागत

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा, स्वतन्त्र प्रताप शाहले गरे स्वागत

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • images
    images
    सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा, स्वतन्त्र प्रताप शाहले गरे स्वागत
    images
    images

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् । हज सोमबार नेपाल आइपुगेका हुन् । उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए ।  

    images
    images

    खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेका छन् । 

    मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।

    ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।

    त्यस्तै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । 

    ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू१९ टोलीमा व्यस्त छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार