images
images

सीजी मोटर्सले बागडोल, ललितपुरमा अत्याधुनिक नयाँ सर्भिस सेन्टरबाट सुरु गर्यो सेवा

सीजी मोटर्सले बागडोल, ललितपुरमा अत्याधुनिक नयाँ सर्भिस सेन्टरबाट सुरु गर्यो सेवा

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • images
    images
    सीजी मोटर्सले बागडोल, ललितपुरमा अत्याधुनिक नयाँ सर्भिस सेन्टरबाट सुरु गर्यो सेवा
    images
    images

    नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गरेको छ । कम्पनीले ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

    images
    images

    यो काठमाडौँ भ्यालीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो। साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेका छन्।

    उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति थियो।

    २२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ। 

    साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ। 

    हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र  थप १००ं स्थान मा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ।   

    नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिललाई सेवा प्रदान गर्नेछ। 

    कम्पनीले ‘सीजी केयर्स सेवा’ पनि सुरु गरेको छ, जसअन्तर्गत ९७७९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४/७ सडक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ। अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार