images
images

मार्बल र ग्रेनाइट आयातमा अन्तःशुल्क जिरो प्रतिशत, यी वस्तुमा करको दर घट्दा रोकिएला अनधिकृत आयात ?

मार्बल र ग्रेनाइट आयातमा अन्तःशुल्क जिरो प्रतिशत, यी वस्तुमा करको दर घट्दा रोकिएला अनधिकृत आयात ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • मार्बल र ग्रेनाइट आयातमा अन्तःशुल्क जिरो प्रतिशत, यी वस्तुमा करको दर घट्दा रोकिएला अनधिकृत आयात ?
    images
    images

    काठमाडौं/  सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महशुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर  सरकारले घटाउँदा निजी क्षेत्र उत्साहित भएको छ । 


    यस्तैगरी मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर जिरो प्रतिशत कायम गर्ने निर्णय पनि  सरकारले गरेको छ । 

    नेपाल समुद्रपार निकासी पैठारी संघले उक्त कार्यको सकारात्मक कदमको रुपमा लिएको जनाएको छ । 

    यसबाट अनधिकृत आयात नियन्त्रणमा सहयोग पुग्ने संघको अपेक्षा छ ।
     
    सरकारले केही दिनअघि निर्णय गरी आयातमा लाग्ने भन्सार महशुल सुनको २० बाट १० प्रतिशत, चाँदीको १५ बाट १० प्रतिशत, मार्बलको ३० बाट १० प्रतिशत र ग्रेनाइटको २० बाट १० प्रतिशत बनाएको थियो । सुनको भन्सार दर घटाउँदा सुनको मूल्यमै गिरावट आएको छ । लगनको मौसममै ग्राहकले सस्तोमा सुन किन्न पाइरहेका छन् । 

    त्यसैगरी मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क जिरो प्रतिशत कायम गरिएको छ । 

    दलहन आयात गर्दा लिने अग्रिम आयकरलाई १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरेको छ । 

    नेपाल सरकारले सुनचाँदीमा लाग्ने भन्सार दर बढाएकै बेला छिमेकी भारत सरकारले गत साउनमा ल्याएको बजेटमार्फत यी वस्तु आयातमा लाग्ने भन्सार महशुल घटाएर ६ प्रतिशत कायम गरेको थियो ।  

    यसले नेपाल र भारतमा सुनको मूल्यमा ठूलो अन्तर आएको थियो । 

    खुला सिमाना भएका दुई मुलुकमा वस्तुको मूल्यमा ठूलो अन्तर हुँदा जता सस्तो छ त्यताबाट महँगो भएतिर अनधिकृत आयात बढ्ने गर्छ । 

    मार्बल र ग्रेनाइटमा कायम रहेको उच्च दरको भन्सार महशुल र अन्तःशुल्कले गर्दा यी वस्तुको अनधिकृत आयात बढेको र वैधानिक कारोबार गर्ने व्यवसायी अप्ठेरोमा पर्ने अवस्था आएको व्यवसायीहरुले भन्दै आएका थिए । 
     
    यिनै तथ्यलाई मध्यनजर गरी भारतले सुनचाँदीको भन्सार घटाए लगत्तै नेपाल समुद्रपार निकासी पैठारी संघ लगायत निजी क्षेत्रका अन्य संघ–संस्थाले भन्सार महसुल घटाउन ताकेता गर्दै आएका थिए । 

    ती वस्तुको भन्सार महशुल घटाई भारतको सरह गर्नुपर्ने माग व्यवसायीहरुको थियो । 

     

    ex.png

    यसमा सरकारले ढिलाइ गर्दा वैधानिक बाटोबाट हुने सुनचाँदीको आयात व्यापक रुपमा घटेको सरकारी तथ्यांकले नै देखाएको छ । 

    फलस्वरुप सरकारले पाउनुपर्ने ठूलो राजस्व गुमेको थियो । 

    दलहन, चामल लगायत वस्तु आयातमा लाग्ने अग्रिम आयकरको दर १० प्रतिशत पु¥याउँदा व्यवसायमा पर्ने प्रतिकूल प्रभावबारे पनि निजी क्षेत्रले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । 

    मार्बल र ग्रेनाइटको उच्च आयात महशुल र अन्तःशुल्क दरको नकारात्मक प्रभावप्रति पनि संघले चासो दिदै आएको थियो । 

    सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइटको भन्सार महशुल र दलहन आयात गर्दा भन्सार बिन्दुमै असुल गरिने अग्रिम आयकरको दर घटाएको छ । 

    मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर पनि शून्य प्रतिशत कायम गरेको छ । 

    अनधिकृत आयात रोक्न नेपाल र भारतमा वस्तुको मूल्य लगभग समान हुने हिसाबले करका दरहरु समायोजन हुनुपर्ने कुरा निजी क्षेत्रले उठाउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार