काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ । यसअघि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा तोकिएकोमा आज बढेर खरिद मूल्य १३५ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १३५ रुपैयाँ ८२ पैसा पुगेको छ ।
यता, युरोपियन युरोको भाउ भने घटेर एकको खरिदमा १४२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा रहेको थियो ।
युके पाउण्ड स्टर्लिङको भाउ पनि आज बढेको छ । यसअघि एकको खरिददर १७१ रुपैयाँ ८२ र बिक्रीदर १७२ रुपैयाँ ५८ पैसा रहेको युके पाउण्ड स्टर्लिङ बढेर आज खरिदमा १७१ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७२ रुपैयाँ ९७ पैसा पुगेको छ ।
स्वीस फ्रयाङ्कको भाउ पनि आज बढेको छ । यसअघि एकको खरिददर १५३ रुपैयाँ ११ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७९ पैसा कायम गरिएको स्वीस फ्रयाङ्कको भाउ आज घटेर खरिदमा १५२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १५३ रुपैयाँ पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
सिङ्गापुरे डलर एकको खरिदार १ सय रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्