काठमाडौँ / एनएमबि बैंक लिमिटेडका सेयरधनीहरूले लाभांश नपाउने भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४७८औँ बैठकले लाभांश वितरण नगर्ने नगरेको हो ।
गत आर्थिक बर्ष २०८०/०८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लागि पेश गरिने बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट उक्त प्रस्ताव पारित भएपछि आगामी बार्षिक साधारण सभामा पेश गरिनेछ ।