images
images

सामसङ वान युआई ७ बेटा : एआई फिचरहरू र नयाँ लुक, केके छन् अन्य विशेषताहरू ?

सामसङ वान युआई ७ बेटा : एआई फिचरहरू र नयाँ लुक, केके छन् अन्य विशेषताहरू ?

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • सामसङ वान युआई ७ बेटा : एआई फिचरहरू र नयाँ लुक, केके छन् अन्य विशेषताहरू ?
    images
    images

    सामसङ नेपालले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा गरेको छ । 

    इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तर्क्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलाङ लिएको छ ।

    पहिलेभन्दा बढी अपग्रेड गरिएको मोबाइल यूजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ ।

    परिष्कृत एआईबाट थप सहज यूजर एक्सपिरिएन्सहरू

    एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । 

    एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरूबिच स्वीच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता दिई यसले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोडक्टिभिटी बढाउँछ । 

    ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै ।

    वान युआई ७को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २० ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्टहरू मार्फत सञ्चार र जडानको सीमाहरू पुस गर्छ । 

    कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ जसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोटहरू लिनुपर्ने आवश्यकतालाई हटाउने कम्पनीको दावी छ ।

    निजीकरण र नियन्त्रण बढाउनको लागि नयाँ र बोल्ड डिजाइन

    डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको छन् । 

    यसमा इन्टरप्रेटरे, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरूमा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने नाउ बार पनि समावेश छ । 

    महत्त्वपूर्ण सूचनाहरूमा तत्काल पहुँच प्रदान गरेर, नाउ बारले डिभाइसलाई निरन्तर अन्लक गर्ने आवश्यकतालाई कम गर्छ र प्रयोगकर्ताहरूलाई मूख्य जानकारीहरूसँग सहजै संलग्न हुन दिन्छ ।

    आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्नेछ, जुन भविष्यमा थप बौद्धिक अनुभवहरूका साथ विकसित हुँदै जानेछ ।

    यी फिचरहरूमा आएका अपग्रेडहरू सबै सरल, प्रभावशाली र भावनात्मक डिजाइनमा लंगरिएका छन् । यी सिद्धान्तहरू मिलेर ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि सुव्यवस्थित र एकजुट अनुभवहरूलाई आकार दिन्छ । 

    बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पहरूद्वारा परिभाषित रहेको वान युआई ७ ले भिजुअल अव्यवस्था घटाउँछ र प्रयोगकर्ताहरूसँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्न र एआई सुविधाहरूमा सहज मोबाइल अनुभवहरू दिन डिजाइन गरिएको अनुभवलाई बढावा दिन्छ ।

    सिम्प्लिफाई गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान युआई विजेटहरू र लक स्क्रिन गरी फिचरहरू प्रयोगकर्ताहरूलाई प्रत्येक विवरणमा ग्रेन्युलर कन्ट्रोल प्रदान गर्न र अनुकूलनलाई सहज र निर्बाध बनाउनको लागि एक जुट भई काम गर्छन् ।

    पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङहरूमा थप सहज कन्ट्रोल दिन्छ । 

    क्यामेरा बटनहरू, कन्ट्रोलहरू र मोडहरूलाई प्रयोगकर्ताहरूको लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्बिर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनको लागि पुनः सङ्गठित गरिएको छ ।

    प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ जसले शूट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ । 

    प्रयोगकर्ताहरूको लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनहरूको लागि जुमको गति नियन्त्रण गर्न दिन्छ ।

    वान युआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ, र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई  क्षमताहरू समावेश हुनेछ ।

    आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरू बिस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार