images
images

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नियुक्त भएका नुन्स को हुन् ?

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नियुक्त भएका नुन्स को हुन् ?

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • images
    images
    ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नियुक्त भएका नुन्स को हुन् ?
    images
    images

    वासिङ्टन अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ ।

    images
    images

    हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्त्वपूर्ण भूमिकाका लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताए । 

    ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, “म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा सङ्घीय सरकारबाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।”

    पोस्टमा भनिएको छ, “ट्रम्पको सञ्चार तथा प्रविधि समूहको नेतृत्व जारी राख्दै नुन्सले ‘हाउस इन्टेलिजेन्स कमिटि’का पूर्व अध्यक्षको रूपमा आफ्नो अनुभव र रूसी षड्यन्त्रबारे लागेका आरोपको पर्दाफास गर्न उहाँको महत्त्वपूर्ण भूमिकाको आधारमा मलाई अमेरिकी गुप्तचर समुदायको गतिविधिको प्रभावकारिता र औचित्यको स्वतन्त्र मूल्याङ्कन प्रदान गर्नुहुनेछ । नुन्सलाई बधाई छ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार