images
images

बालुवाटारबाट थापाथली सर्यो राष्ट्र बैंकका दुई प्रमुख विभाग

बालुवाटारबाट थापाथली सर्यो राष्ट्र बैंकका दुई प्रमुख विभाग

बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वा

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • images
    images
    बालुवाटारबाट थापाथली सर्यो राष्ट्र बैंकका दुई प्रमुख विभाग
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा सरेको छ । 

    images
    images

    राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार (पुस १ गते) देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ । 

    राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, “बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।” 

    बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    थापाथलीस्थित यो भवन राष्ट्र बैंकले अत्याधुनिक संरचना र सेवा प्रविधिका साथ निर्माण गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार