काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करारमा कर्मचारी नियुक्त गर्नेगरी दरखास्त आह्वान गरेको छ । क्यानले रिक्त रहेका विभिन्न पदका लागि बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम करार नियुक्ति गर्न लागिएको क्यानले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्नेछ ।
विस्तृत सूचनामा हेर्नुस्