images
images

सेयर बजार सामान्य बढ्दा बढ्यो कारोबार रकम पनि, विकास बैंकमा फर्कदै लगानीकर्ता

सेयर बजार सामान्य बढ्दा बढ्यो कारोबार रकम पनि, विकास बैंकमा फर्कदै लगानीकर्ता

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    सेयर बजार सामान्य बढ्दा बढ्यो कारोबार रकम पनि, विकास बैंकमा फर्कदै लगानीकर्ता
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । बुधबार ५ अङ्कले बढेको बजार आज ४.६३ अङ्कले बढेर २५८६.२३ बिन्दुमा पुगेको हो ।

    images
    images

    बुधबार कारोबार रकम ३ अर्बमा सीमित भएकोमा आज बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा परिसूचक सामान्य कम अङ्कले बढेको भए पनि कारोबार रकममा भने सुधार आएको देखिन्छ ।

    बुधबार कुल ३१५ कम्पनीको १  करोड ८६ लाख ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार १५६ कम्पनीको मूल्य बढेको छ भने ७७ ओटाको घटेको छ । 

    त्यस्तै, ११ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । यो दिन न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । 

    सामुदायिक लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर,ग्रीन डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । 

    बिहीबार पनि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा उच्च गिरावट आएको देखिन्छ । यो दिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५.०२ प्रतिशत अर्थात करिब १४६ रुपैयाँले गुमाएका हुन् । त्यस्तै, आज कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर शीर्ष स्थानमा छ । 

    यो कम्पनीको ४६ करोड १७ लाख रुपैयाँबढीको संस्थापक सेयर कारोबार भएको छ भने न्यादी हाइड्रोपवारको २० करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

    बिहीबार कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये आज विकास बैंक समूहमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । यो समूहको परिसूचक २.४० प्रतिशतले बढेको छ । 

    त्यस्तै, हाइड्रोपावर समूहको परिसूचक १.८७ प्रतिशतले बढेको छ भने वित्त, होटल्स तथा पर्यन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीबन बिमा समूहको परिसूचक पनि सामान्य बढेको छ । 

    यता सबैभन्दा बढी ब्यापार समूहका लगानीकर्ताले गुमाएका छन् । यो समूहको परिसूचक सबैभन्दा बढी २.०३ प्रतिशतले घटेको छ भने अन्य समूहको परिसूचक १.९४ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार