images
images

सेयर बजार सामान्य बढ्दा पौनै ५ अर्बको कारोबार, हाइड्रोमा आकर्षण

सेयर बजार सामान्य बढ्दा पौनै ५ अर्बको कारोबार, हाइड्रोमा आकर्षण

आइतवार, पुस २१ २०८१
आइतवार, पुस २१ २०८१
  • सेयर बजार सामान्य बढ्दा पौनै ५ अर्बको कारोबार, हाइड्रोमा आकर्षण
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो । 

    आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । 

    यो दिन ३२७ ओटा धितोपत्रको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटकमा कारोबार भएको छ । त्यस्तै, आजको सेयर कारोबार रकम भने ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण रकम ४२ खर्ब ९८ अर्ब ६१ करोड कायम भएको छ । 

    आइतबार तीनओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको हो । त्यस्तै, दोल्ती पावर कम्पनीको सेयर मूल्य पनि आज ९.४४ प्रतिशतले बढेको छ ।

    यता, सर्वाधिक बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य आज ८.८८ प्रतिशतले घटेको हो ।
    आजको कारोबार रकममा जानकी फाइनान्सको हिस्सा सबैभन्दा बढी रहेको देखिन्छ । यो कम्पनीको १९ करोड ९ लाख ४९ हजार बराबरको सयर कारोबार भयो । 

    आइतबार हाइड्रोपावर र व्यापारिक समूहमा लगानीकर्ताहरूको आकर्षण बढ्दा बजार बढ्न सहयोग पुग्यो । यो दिन सबैभन्दा बढी हाइ्रोपावर समूहको परिसूचक १.६७ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापारिक समूहको परिसूचक १.१४ प्रतिशतले बढ्दा लगानी समूह, जीवन बिमा समूह, अन्य, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीबन बिमालगायतका समूहको परिसूचकमा झिनो बृद्धि भएको देखिन्छ । 

    आज सर्बाधिक बढी गुमाउनमा वित्त समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक १.०४ प्रतिशतले घट्दा बैंकिङ समूह, म्युचुअल फण्ड, लघुवित्त र उत्पादन तथा प्रशोधनको सेयर मूल्यसमेत घटेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार