images
images

सेयर बजार ६ अङ्कले बढ्दा ५ अर्बको कारोबार, वित्त सेक्टरमा  आकर्षण

सेयर बजार ६ अङ्कले बढ्दा ५ अर्बको कारोबार, वित्त सेक्टरमा  आकर्षण

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • सेयर बजार ६ अङ्कले बढ्दा ५ अर्बको कारोबार, वित्त सेक्टरमा  आकर्षण
    images
    images

    काठमाडौँ / मङ्गलबार सेयर बजार  ६ अङ्कले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा पुगेको हो । 
    सोमबार करिब २ प्रतिशतले बढेको बजारमा मङ्गलबार भने सामान्य बृद्धि हुँदा कारोबार रकम पनि घटेको छ । 

    अघिल्लो कारोबार दिन ६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयो । यो दिन १२५ ओटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०८ ओटाको घट्यो । त्यस्तै, १० ओटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

    मङ्गलबार ३०५ धितोपत्रको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ६६ हजार ६२६ पटकमा कारोबार भयो । त्यस्तै, बजार पुँजीकरण रकम ४३ खर्ब ९० अर्ब ३२ करोड कायम भएको छ । 

    यस दिन दुई ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, सिन्धु विकास बैंकको ९.७७ प्रतिशत र समृद्धि फाइनान्स कम्पनीको ९.०६ प्रतिशतले बढ्यो । 

    यता, दुई ओटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र दोल्ती कम्पनीको सेयर मूल्यमा नेगेटिभसर्किट लागेको हो । भूगोल इनर्जी डेभलपमेन्ट र उपकार लघुवित्तको सेयर मूल्यममा पनि आज क्रमशः ८.४९ प्रतिशत र ६.८८ प्रतिशतले घटेको हो ।

    कारोबार रकमका आधारमा पहिलो स्थानमा सिन्धु विकास बैंक, दोस्रो स्थानमा सप्तकोशी विकास बैंक र तेस्रो स्थानमा साहस उर्जा रहेको छ । सिन्धु विकास बैंकको १६ करोड ९२ लाख, सप्तकोशाी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख र साहस उर्जाको १४ करोड ४९ लाख बराबरको सेयर कारोबार भयो । 

    मङ्गलबार वित्त समूहमा लगानीकर्ताको आकर्षण बढ्यो । यो दिन वित्त समूहको परिसूचक २६५ प्रतिशतले बढ्दा विकास बैंक, हाइड्रोपावर, जीवन बिमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीबन बिमा र व्यापारिक समूहको परिसूचक सामान्य बढेको छ । अन्य समूहको परिसूचक भने आज सामान्य घटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार