images
images

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा
    images
    images

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा  LG, CG, Godrej,  Midea र Black+Decker का माइक्रोवेव ओभन किन्दा  कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्।

    कक्षाको व्यवस्था काठमाडौँ उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ । यसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ। 

    यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ । सिजी डिजिटलको अनुभवी, प्रशिक्षित, कुशल सेफबाट यो  कक्षा  सञ्चालन भैरहेको छ ।

    अहिले, इटहरी,बिराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगढी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटल लगायत एलजीको डिलरहरूमा यो कुकिङ्ग कक्षा पुस २५ गते देखि माघ ११ सम्म चलिरहेको छ ।

    सीजी डिजिटलका सेफ धन बाहादुर बस्नेतले  भने, “हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। 
    यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौँ । यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।” 

    प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ । 

    सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ ।ग्राहकहरूले LG, CG, Godrej, Midea र Black+Decker का माइक्रोवेव ओभनको  विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार