images
images

छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश
    images
    images

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । 

    सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे। 

    जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।

    छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार