images
images

नेपाल माइक्रो इन्स्योरेन्सले विदेशमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्ने, अन्यका लागि कहिले खुल्छ ?

नेपाल माइक्रो इन्स्योरेन्सले विदेशमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्ने, अन्यका लागि कहिले खुल्छ ?

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • नेपाल माइक्रो इन्स्योरेन्सले विदेशमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्ने, अन्यका लागि कहिले खुल्छ ?
    images
    images

    काठमाडौँ / नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधरणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि  माघ ८ गतेदेखि आइपिओ निष्काशन गर्न लागेको हो ।

    जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्काशनका लागि कम्पनीले  सेबोनबाट अनुमति पाएको छ । 

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको हो । 

    कम्पनीको आइपिओमा न्यूनतम् १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम्मा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । 

    कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । 

    बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

    केयर रेटिङ् नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार