images
images

सुक्खा बन्दरगाह भन्सार : ६ महिनामा एक अर्ब ४५ करोडले घट्यो राजस्व सङ्कलन

सुक्खा बन्दरगाह भन्सार : ६ महिनामा एक अर्ब ४५ करोडले घट्यो राजस्व सङ्कलन

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • images
    images
    सुक्खा बन्दरगाह भन्सार : ६ महिनामा एक अर्ब ४५ करोडले घट्यो राजस्व सङ्कलन
    images
    images

    सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो । 

    गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । 

    कार्यालयले चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गर्‍यो । 

    त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो । 

    यसैगरी, मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । 

    कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार