images
images

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमएबिच ४ बुँदे सम्झौता

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमएबिच ४ बुँदे सम्झौता

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • images
    images
    भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमएबिच ४ बुँदे सम्झौता
    images
    images

    नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (NADA) अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (ASDC),  र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (ACMA) बिच त्रिपक्षिय सम्झौता भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार एक कार्यक्रमकाबिच ४ बुँदे सम्झौता भएको हो । 

    images
    images

    उक्त सम्झौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन् । 

    सम्झौता भएको ४ बुँदा यस्तो छ 

    १. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सिप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्याङ्कनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।   

    २. अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्त्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पु¥याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको बृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरू उपलब्ध गराउने छ ।

    ३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सिप विकासका तालिमकर्ताहरू र मूल्याङ्कनकर्ताहरूको विकास गरिनेछ । र

    ४. भारतको अटोमोटिभ क्षेत्रको लागि सिप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी र मूल्याङ्कन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पु¥याउने कार्य गर्नेछन् । 

    यो ऐतिहासिक त्रिपक्षिय सम्झौता नेपाल र भारतबिचमा खासगरी नेपालको अटोमोवाइल क्षेत्रको सिप विकासको लागि कोशेढुङ्गा सावित हुने गहिरो विश्वास एनएडिएले लिएको छ । 

    यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोविलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । 

    सो हस्ताक्षर समारोहमा एयसडिसीकातर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो ।

    त्यसैगरी एसिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्वय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । 

    त्यस्तै, एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार