चर्चित समाचार
images
images

आजदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना, १५० बढी स्वदेशी स्टलहरु

आजदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना, १५० बढी स्वदेशी स्टलहरु

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • images
    images
    आजदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना, १५० बढी स्वदेशी स्टलहरु
    images
    images

    काठमाडौँ / स्वदेशी उत्पादन तथा सेवाहरुको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले बृहत् प्रदर्शनी आयोजना हुने भएको छ । आज माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सो मेला आयोजना हुन लागेको हो ।

    images
    images

     
    मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पश्मिना इन्टरनेशनल एक्स्पोको पनि आयोजना हुँदैछ । 

    यो मेलालाई नेपाल पश्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरु रहने नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए । 

    मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरु रहने उनले बताए । 

    मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फाम टू फाइबर, फाइबर टू फेसन देखाउने उनको भनाइ छ । 

    पश्मिना मेला नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । 

    नेपाल उद्योग परिसंघ (सिएनआई) मेलाको सहआयोजकका रुपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गरेका छन् । 

    मेलालाई राइजिङ नेपाल र इभेन्ट सन्सारले व्यवस्थापन गर्ने मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली पश्मिना पुरानो र नेपाली सीपमा आधारित भए पनि प्रचारप्रसार र व्यापार हुन नसकिरहेकोले यसको प्रवद्र्धन गर्नुपर्छ भनेर नै केन्द्रले मेलामा चासो राखेको बताए ।

    स्वदेशी उद्योगलाई बचाउने, प्रवद्र्धन गर्ने लक्ष्यमा यो मेलाले सहयोग गर्ने नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाको भनाइ छ । 

    स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्नुपर्न यो मेलाले सहयोग गर्ने उनले बताए ।

    मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको र माघ १० गते बिहान ९ः३० बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापक केसीले जानकारी दिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार