चर्चित समाचार
images
images

पूर्वाधार विकास समितिको बैठकको विषयमा मन्त्रीको नाम जोडिएपछि मन्त्रालयको चेतावनी

पूर्वाधार विकास समितिको बैठकको विषयमा मन्त्रीको नाम जोडिएपछि मन्त्रालयको चेतावनी

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • images
    images
    पूर्वाधार विकास समितिको बैठकको विषयमा मन्त्रीको नाम जोडिएपछि मन्त्रालयको चेतावनी
    images
    images

    काठमाडौँ / उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग जोडेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    images
    images

    मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको जलस्रोत विद्येयक माथि विज्ञहरुको अन्तर्क्रिया कार्यक्रमको विषय लिएर मन्त्री खड्काको नाम जोडिएको भन्दै दुःख व्यक्त गरेका हुन् । 

    पूर्वाधार विकास समितिलगायत अन्य समितिले महत्त्वपूर्ण विषयहरूमाथि छलफलका लागि राजधानी र आसपासका होटलमा यस प्रकारका अन्तर्क्रिया कार्यक्रम गर्ने प्रचलन विगतदेखि नै चल्दै आएको र पूर्वाधार विकास समितिले यसअघि पनि गत पुस २८ र २९ गते काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा यस्तै अन्तक्रिया आयोजना गरेको थियो मन्त्रालयले जनाएको छ । 

    “सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले माननीय मन्त्रीज्यू उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उक्त विषयलाई समाचार बनाइएन तर बुढानिलकण्ठमा आयोजित अन्तर्क्रिया फगत संयोगको रूपमा होलि डे ईन रिसोर्टमा भएकै कारण असम्बन्धित विषयमा समेत मन्त्रीज्यूलाई जोडेर अमर्यादित शब्दको प्रयोग गरी प्रकाशित समाचारप्रति खेद व्यक्त गर्दछौँ,”– मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    उक्त कार्यक्रम उर्जा मन्त्रालयले आयोजना नगरेको र जलस्रोत विद्येयक केवल उर्जा मन्त्रालयसँग सम्बन्धित मात्र रहेको बताइएको छ । 

    उक्त अन्तर्क्रिया एवं छलफल कार्यक्रमको आयोजक प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति रहेको र उक्त कार्यक्रमको लागतसमेत सोही समितिले व्यहोर्ने बताइएको छ । उक्त विषयमा प्रकाशित समाचारहरू तथ्यहिन, भ्रामक र अतिरञ्जीत रहेको मन्त्रालयले जनाएको छ ।

    आगामी दिनमा सो प्रकारका समाचारहरू सम्प्रेषण नगर्न आग्र्ह गर्दै मन्त्रालयले कानूनी उपचारमा जाने चेतावनीसमेत दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार