images
images

शनिबारदेखि प्रतिलिटर ६ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

शनिबारदेखि प्रतिलिटर ६ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • images
    images
    शनिबारदेखि प्रतिलिटर ६ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?
    images
    images

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । 

    निगमको बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाढेको हो । 

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । 

    यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ तोकिएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । 

    यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

    इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९ रुपैयाँ, डिजेलमा ३.५७ तथा हवाई इनधनमा ५.७० रुपैयाँले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार