काठमाडौँ / नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले रटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स साथीहरूले जोश, जागर र हर्षोल्लासका साथ सहभागिता जनाएका थिए ।
धनगढीमा सम्पन्न उक्त कार्यक्रममा ल्ब्त्ग् (नेपाल अटो मेकानिक्स ट्रेड युनियन)का केन्द्रीय सदस्य राम नरेश चौधरी, क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी उपस्थित थिए ।
यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली, उपाध्यक्ष सविन घिमिरे उपस्थित थिए ।
त्यस्तै, सुर्खेतमा सम्पन्न कार्यक्रममा ल्ब्त्ग् का केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने, कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी उपस्थित थिए ।
“रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । यस कार्यक्रममार्फत हामीले रिटेलर तथा पीजीएम साथीहरूसँग प्रत्यक्ष छलफल गर्नमात्रै होइन, उहाँहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर पनि प्राप्त गर्छौँ,” कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी उनीहरूले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए ।
त्यस्तै, उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए । छलफलकै क्रममा, यी सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीहरूले समर्थन व्यक्त गरेका थिए ।
कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।