images
images

धानखेती छाडेर व्यावसायिक सुर्तीखेती, आम्दानी कति ?

धानखेती छाडेर व्यावसायिक सुर्तीखेती, आम्दानी कति ?

शुक्रवार, फागुन २ २०८१
शुक्रवार, फागुन २ २०८१
  • images
    images
    धानखेती छाडेर व्यावसायिक सुर्तीखेती, आम्दानी कति ?
    images
    images

    महोत्तरी / कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।  

    images
    images

    बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेका छन् ।  

    सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउँछन्। 

    गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए ।  उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् । 

    एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । 

    यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख  आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार