काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।
यसअघि भने तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ थियो ।
यता, चाँदीको भाउ तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ । यसअघि भने १ हजार ९६५ रुपैयाँ थियो ।