images
images

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : सोमबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : सोमबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

शनिवार, फागुन १७ २०८१
शनिवार, फागुन १७ २०८१
  • images
    images
    पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : सोमबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?
    images
    images

    काठमाडौँ / देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविद्ले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    images
    images

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

    आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

    सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

    बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार