images
images

प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न

प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न
    images
    images

    सुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त ललितपुर धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा सञ्चालित प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । 

    images
    images

    कलेज परिसरमा फागुन १० गते आयोजित टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका ४ बिएससी  सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए ।

    प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्टमा सहभागी महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले प्रथम फ्रेन्डली टुर्नामेन्टको ट्रफी हात पा¥यो । 

    पुरस्कार वितरण समारोहमा सहभागी कलेजका सम्पूर्ण खेलाडीहरूको प्रतिभा र रुचिलाई कदर गर्दै प्रमाणपत्रद्वारा समेत सम्मान गरियो ।

    डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार टुर्नामेन्टको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्बद्धन गर्नु रहेको थियो ।

    कलेजले जारी विज्ञप्ति अनुसार यस फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरूमा काठमाडौँ उपत्यकाका सम्पूर्ण बिएससी सीएसआइटी कलेजहरूलाई समेट्ने योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार