काठमाडौँ / कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा हेरफेर गरिएको छ । सरकारले फागुन ११ गते गरेको निर्णय अनुसार बैंकको सञ्चालक पदमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई पठाइएको हो ।
फागुन १६ गतेको बैंक सञ्चालक समितिको बैठकमा सञ्चालक पोखरेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सपथ ग्रहण गरेको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।