काठमाडौँ / नेपाली बजारमा मङ्गलबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको हो ।
गत शुक्रबारदेखि सुन तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।