चर्चित समाचार
images
images

भाटभटेनीका सञ्‍चालक गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान

भाटभटेनीका सञ्‍चालक गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • images
    images
    भाटभटेनीका सञ्‍चालक गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान
    images
    images

    भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

    images
    images

     सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।

    गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    भाटभटेनीकातर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको गुरुङले जानकारी दिए।

    भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्‍जली व्यक्त समेत गरेका छन् ।

    भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गरेको उनले बताए। 

    सञ्‍चालक गुरुङले पश्‍चिम नेपालका नेपाली दाजुभाइले भोग्‍नु परेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने विचार व्यक्त गरे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार