images
images

बैङ्क सुपरीवेक्षणको जिम्मेवारीबाट ढुङ्गानालाई पन्छाइँदा मिश्र यथावत, अब वाणिज्य बैङ्कलाई गभर्नरले नै निगरानी गर्ने

बैङ्क सुपरीवेक्षणको जिम्मेवारीबाट ढुङ्गानालाई पन्छाइँदा मिश्र यथावत, अब वाणिज्य बैङ्कलाई गभर्नरले नै निगरानी गर्ने

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    बैङ्क सुपरीवेक्षणको जिम्मेवारीबाट ढुङ्गानालाई पन्छाइँदा मिश्र यथावत, अब वाणिज्य बैङ्कलाई गभर्नरले नै निगरानी गर्ने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. नीलम ढुङ्गानालाई बैङ्क सुपरीवेक्षणको जिम्मेवारीबाट पन्छाएका छन् ।

    images
    images

     राष्ट्र बैङ्कले बिहीबार सूचना जारी गर्दै ढुङ्गानाको जिम्मेवारी हेरफेर गरिएको र अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको यथावत रहेको जानकारी दिएको हो । 

    डेपुटी गभर्नर ढुङ्गानालाई उक्त जिम्मेवारीबाट हटाएका गभर्नर अधिकारीले बैङ्क सुपरीवेक्षण विभाग आफू मातहत राखेका छन् । पछिल्लो समय वाणिज्य बैङ्कहरूको खस्कँदो वित्तीय अवस्थामाथि सार्वजनिक रूपमा आलोचना हुन थालेको भन्दै गभर्नर अधिकारीले नै वाणिज्य बैङ्कहरूलाई हेर्ने भएका हुन्।

    Notice.jpg

    यससँगै उनले डेपुटी गभर्नर ढुङ्गानालाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । यसअघि आर्थिक अनुसन्धान विभाग गभर्नरको जिम्मेवारीमा रहेको थियो । 

    जिम्मेवारी हेरफेर भएसँगै अब डेपुटी गभर्नर ढुङ्गाना मातहत मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरीवेक्षण समूहका वित्तीय संस्था र लघुवित्त संस्था सुपरीवेक्षण विभाग, बैङ्किङ् व्यवस्थापन समूहका बैङ्किङ् विभाग र प्रदेशस्थित कार्यालयहरू, सहायक सेवा समूहका मानव संसाधन व्यवस्थापन र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग परेका छन् ।  

    not.jpg

    त्यस्तै, अर्का डेपुटी गभर्नर मिश्र मातहत मौद्रिक व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभाग, गैर–बैंकिङ संस्था सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभाग रहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार