काठमाडौँ / आज (बिहीबार) सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुनेछ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार हुनेछ ।