images
images

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
    images
    images

    काठमाडौँ / नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा अग्रणी स्थानमा रहेको घोराही सिमेन्ट इन्डस्ट्रीले नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको हो । 
     
    नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याउनुको साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

    गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको 'ढलाई मिक्स पीपीसी सिमेन्ट', जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको कम्पनीको दावी छ । 

    उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । 

    सो सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँने कम्पनीको दावी छ। 

    गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले उक्त उत्पादन बजारमा ल्याएको बताइएको छ । 

    कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।” 

    सो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुने र ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । photo a.jpg

    ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ।

    घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बिचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो ।

    घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिसी र सगरमाथा क्लिन्कर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार